नामाकरण भएको खुशीमा ‘मधेश प्रदेशमा’ भोलि सार्वजनिक बिदा।
०३ माघ २०७८, जनकपुरधाम।
आज प्रदेश-०२ को नामाकरण गरिएको मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ। प्रदेश नं. २ को स्थानमा मधेश प्रदेश र जनकपुरधाम स्थायी राजधानी भएको खुशीयालीमा यो प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको हो । प्रदेश सरकारले बिदा दिने निर्णय गरिसकेको छ ।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक सञ्जालमा नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक गरेका छन्।
आज प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै नाम र राजधानीले पूर्णता पाएको हो। ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा