सुदूरपश्चिममा गएको भूकम्प पीडितलाई बर्दिबास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपिँया सहयोग गरेको हो ।

बर्दिबास नगरपालिकाले आफ्नै कोष तथा सहयोगी संघ संस्थाबाट सङ्कलन गरि जुटाएको उक्त रकम वारपाक गाँउपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठवीसकोट नगरपालिकालाई सहयोग गरेको हो ।

नगरप्रमुख प्रहलाद क्षेत्रीको नेतृत्वमा बर्दिबास ३, ७ र १४ का वडाध्यक्षहरु क्रमश. विराट विस्ट, भोरिल महतो, विजय महतो तथा नगर उपसचिव रेवती पराजुलीसमेतको टोलीले भूकम्प पीडित ४ वटै स्थानीय तहमा पुगेर बुधवार तीन लाख बराबरका चेकहरु नगरप्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै, बर्दिबास नगरप्रमुख प्रहलाद क्षेत्रीले प्रकोपले पु¥याएको सङ्कटका घडीमा भूकम्प पीडतका असिमित पीडामा सिमित सहयोग लिएर साथ दिन आएको बताउनुभयो । क्षेत्रीले दुखको यस कठीन बेलामा बर्दिबास नगरपालिकाको सधै साथ, सहयोग र सहानुभूति रहिरहने बताउनुभयो ।

सुदूरपश्चिमलाई सङ्कट परेकोबेला मधेशबाट आएर बर्दिबास नगरपालिकाले सहयोग रकम उपलब्ध गराएकोमा नगरप्रमुखहरु भाव विभोर हुनभएको थियो । सहयोग राशीको चेक ग्रहण गर्दै आठवीस नगरपालिका प्रमुख राजन केसीले यो सहयोगले नेपालीहरु जहाँ भए पनि दुख परेकाबेला भावनात्मकरुपले सवै एकै परिवारका सदस्य हौं भन्ने आभाष दिलाएको भावना पोख्नुभयो ।

सहयोग गरिएका १२ लाख रुपिँयामध्ये बर्दिबास नगरपालिकाले १० लाख ७५ हजार, बर्दिबास उद्योग वाणिज्य संघले ५१ हजार, सामुदायीक विकास तथा पैरवी मञ्चले ५० हजार र होटल तथा पर्यटन व्यवसायी संघले २५ हजार रुपिँया सहयोग गरेका थिए ।

सुदुरपश्चिमका भुकम्प पीडतलाई सहयोग उपलब्ध गराउने बर्दिबास मधेश प्रदेशकै पहिलो र अहिलेसम्मको अन्तिम स्थानीय तह हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय