आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ ।

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले पनि नेपाली टोलीलाई हौसला बढाइरहेकी छिन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेर खेल हेरिरहेकी उनले खेलाडीलाई उत्साहित बनाउँदै एक स्टाटस लेखेकी छिन् ।

उनले आफूले खेल हेरिरहेको तस्वीर सेयर गर्दै भनेकी छिन्, ‘आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको खेल: बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस् ।’

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय