२१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार छन् । उनीहरू निर्वाचन आयोगबाट चुनाव चिह्न लिएर प्रचारप्रसारमा खटिइसकेका छन् । निर्वाचन आयोगका अनुसार देशभर एक हजार १४३ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूमध्ये आँप चिह्नका स्वतन्त्र उम्मेदवार धेरै छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार आँप चुनाव चिन्ह लिनेहरू ६४ जना छन् । कैँची चुनाव चिन्ह लिनेको संख्या ६१ छ । ५७ जनाले क्यामेरा, ५६ जनाले मुढा चुनाव चिह्न लिएका छन् । ४५ जना स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न जिप छ ।

त्रिभुज चुनाव जिन्ह लिएर ४० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । निवर्तमान शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार छन् । उनले पनि त्रिभुज चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगसँग निर्वाचनमा भाग लिने स्वतन्त्र उम्मेदवारका लागि उपलब्ध गराउन चुनाव चिह्नको सूची छ । त्यसमध्येबाट उम्मेदवारहरूले रोजेर चुनाव चिह्न लिएका हुन् ।

सिरिन्ज र क्याप चुनाव चिह्न लिने उम्मेदवारको संख्या ३८/३८ छ । चेसपाटी ३५, कप र प्लेट लिने ३२, झोला चिह्न ३१ जनाले लिएका छन् । ३० जना उम्मेदवारले भँगेरा चुनाव चिह्न रोजेका छन् । २९ जनाको चुनाव चिह्न व्याडमिन्टन कर्क छ । प्रेसर कुकर र दुरबिन चुनाव चिह्न २८/२८ जनाले लिएका छन् । ट्रफी २७, हेल्मेट २६, पंखा २५, क्याल्कुलेटर २४, मसी २२, रिक्सा २१, स्टुल २०, केबलकार चुनाव चिह्न १८ जनाले लिएका छन् ।

काउली र अँखीझ्याल चुनाव चिह्न लिने उम्मेदवारको संख्या १५/१५ जना छ । १४ जनाले तिलहरी, १३ जनाले आरी र १२ जनाले नरिवल चिह्न लिएका छन् । बाह्र/बाह्र जनाले नै सारङ्गी, बाकस र पेट्रोल पम्प चिह्न लिएका छन् ।

११ जनाको चुनाव चिह्न ढिकी छ । फिरफिरे र पानीको जार चिह्न लिने पनि ११/११ जना उम्मेदवार छन् । ठेकी, टि टेबल र आसकोट चिह्न १०/१० जनाले लिएका छन् ।

९ जनाले केराको काइँयो चिह्न लिएका छन् । खाम, टायर र डस्ट बिन चिह्न आठ/आठ जना उम्मेदवारको छ । फर्सी, सेलरोटी, सोफा र हारमोनियम चिह्न लिनेको संख्या सात÷सात जना छ । ६ जनाले स्प्रे चिह्न लिएका छन् ।

अनार र पाण्डा चुनाव चिह्न पनि ६/६ जनाले लिएका छन् । पाँच/पाँच जनाको चिह्न माना पाथी, पेन्चिस र हजारी छ । खसीको टाउको चुनाव चिह्न लिने उम्मेदवारको संख्या पाँच छ ।

मुसो, गुलेली, गमबुट, उँट, जुवा र नट बेल्ट चुनाव चिह्न चार/चार जनाले लिएका छन् । तीन जनाको चुनाव चिह्न कंगारु छ । तीन/तीन जनाले नै बँदेल, झ्याली, फिल्टर, हाते पंख्या, स्टापलर र सेफ्टी पिन चुनाव चिह्न लिएका छन् ।

चुलेसी, जाली, ज्यावेल, ड्रम सेट, पन्चिङ मेसिन, बकुल्लो, बिरालो, बेलना र चम्चा, हटकेस, हेडफोन र ह्विल चेयर चुनाव चिह्न दुई/दुई जनाले लिएका छन् । भ्यागुता र शंके किरा चुनाव चिह्न एक/एक जना उम्मेदवारको छ । सिलौटो, इस्त्री, नेल कटर र ह्याङ्कर चिह्न लिनेको संख्या पनि एक/एक जना रहेको छ ।

२१ फागुनमा हुने चुनावका लागि प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ता भएको हो । दावी विरोध र उम्मेदवारी फिर्ताको कार्यक्रम सकिएपछि उम्मेदवारहरूले माघ ९ गते चुनाव चिह्न पाएका हुन् ।

यस्ता छन् अन्य स्वतन्त्र चिह्नहरू 

    

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय