जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड गरिएको बानेश्वरको संसद् भवन अहिले खण्डहर बनेको छ । रातो स्टिकर टाँसिएको यो भवनका भित्तामा जेनजीले लेखेका नारा अझै उस्तै छन् भने जलेका भग्नावशेषबाट अझै पनि खरानीको गन्ध आइरहेको छ । भित्र सिसा यत्रतत्र छरिएका छन् भने खरानीको थुप्रो अझै पनि देखिन्छन् ।

निकै लामो समयदेखि सिंहदरबार भित्र बनाउन थालिएको नयाँ संसदमा पनि निर्माण कार्य अझै सकिन सकेको छैन । जेनजी आन्दोलनपछि घोषणा भएको निर्वाचन आउन अब ६ हप्ताको समय बाँकी छ तर यो समयसीमामा नयाँ संसद् भवनको काम सकिने सम्भावना निकै क्षीण छ ।

नयाँ संसद् भवन भित्र कामदारहरू अझै पनि फर्निचरको काम गर्न मै व्यस्त छन् भने संरचना पनि अझै पुरा हुन सकेका छैनन् ।

यही कुरालाई मध्यनजर गर्दै संसद् सचिवालयले फागुन २१ गतेको निर्वाचनपछि तत्कालै बैठक सञ्चालनका लागि सभाहल, पदाधिकारी र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि अडिओ/भिडिओ रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृश्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू सहितको भवनको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ । भवन तयार नभएकाले सचिवालय नयाँ भवनको खोजीमा लागेको हो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय