नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए ।

त्यस्तै आजको बैठकले विशेष महाधिवेशनका लागि आह्वान नभएको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णय पनि गरेको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय