नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले विशेष महाधिवेशनको सुरु हुन दिन (पुस २७) गतेको कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन भनेका हुन् ।
‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला- सभापति पुस २७ गते उहाँ सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ । यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ।’




