नेकपा (एमाले)का नेता राजेन्द्र गौतमले उमेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार (मंसिर २९) उनले उपमहासचिव पदमा उमेदवारी दिएका थिए ।

उमेदवारको अन्तिम नामावलीमा उनको नाम छ । तर, उनले अन्तिम नामावली प्रकाशन भइसकेपछि आफू उमेदवार नरहेको बताए ।

“मैले उपमहासचिव पदमा दिएको उमेदवारी फिर्ता लिएँ,” उनले भने ।

अध्यक्ष केपी शर्मा ओली प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उमेदवारी दिएका थिए । खुला केन्द्रीय सदस्यमा भने उनको उमेदवारी कायम छ ।

काठमाडौंको भृकुटीमण्डपमा नेतृत्व चयन प्रक्रिया जारी छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय