पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)काे फाइनलमा प्रवेश गरेको छ । यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । एनपीएलको दोस्रो संस्करणमा रनको आधारमा कुनै पनि टिमले व्यहोरेको यो सबैभन्दा फराकिलो हारसमेत हो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय