माज सदाकत र अनिलकुमार साहको अर्धशतकप्रेरित साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । सदाकत र अनिलले अर्धशतक बनाएपछि जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो ।
मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।





