
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए ।