नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नगरेको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउनेबाहेक खुसी हुने कुनै काम नगरेको टिप्पणी गरे ।

उनले देशमा खुसी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरूका बारेमा नबोल्न सुझाव दिए । उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे ।

एमाले सक्कियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभइ देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे । कार्यक्रममा ओलीले नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराए ।

 

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय