भरतपुर महानगरको मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित।
१० जेठ काठमाडौं।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी • नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय • सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् ।
यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम केहि सयमा सार्वजनिक गर्ने तयारी गरेको छ।
भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र, ३ वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ । कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्।
रेणु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।