हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन तथा काज गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरूलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउने गरी आईजीपी बसन्त कुँवरको निर्णयअनुसार पदस्थापनको निर्णय भएको हो ।

जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ ।

यस्तै सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल तथा दानबहादुर थापाको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा पदस्थापन भएको छ । यस्तै लालध्वज सुवेदीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय