तमु ल्होसारको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा।
१४ पुष २०७८, काठमाडौँ ।
सरकारले पुस १५ गते तमू ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले बुधबार एक सूचना जारी गरी देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘वि.सं. २०७८ साल पुस १५ गते बिहीबारका दिन तमू ल्होसारको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
गुरुङ समुदायमा नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार पर्व मनाउने परम्परा रही आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा