अष्ट्रेलियालाई T-20 विश्वकप क्रिकेटको उपाधि
२८ कार्तिक काठमाडौँ।
टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि
अष्ट्रेलियाले जितेको छ।दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।
अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
उसका लागि कप्तान केन विलिम्सनले सर्वाधिक ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३ तथा ड्यारेल मिचेलले ११ रन जोडे ।
बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलउडले तीन तथा आदम जाम्पाले एक विकेट लिए ।

१७३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्दै उपाधि कब्जा गरेको हो । अष्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ७७, डेभिड वार्नरले ५३ र ग्लेन म्याक्सवेलले २८ रन जोडे। न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय