विश्वकप छनोटमा नेपालको उत्कृष्ट शुरुवात।
०६ फाल्गुन २०७८ काठमाडौं।
बलर चम्किएपछि आईसीसी टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले शानदार जित हासिल गरेको छ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ। ११८ रनको लक्ष्य दिएको नेपालले ओमानलाई ७८ रनमै समेट्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई-दुई तथा कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले एक-एक विकेट लिए।
दोस्रो इनिङको शुरूआतदेखि नै नेपालले ओमानलाई दबाबमा राखेको थियो। पहिलो ओभरमै कमलसिंह ऐरीले कस्यप प्रजापतिलाई र दोस्रो ओभरमा जितेन्द्र मुखियाले आयन खानलाई आउट गरे।
ओमानका ओपनर जतिन्द्र सिंहलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेसँगै नेपाल खेलमा हावी भयो। त्यसपछि नेपालले लगातार विकेट लिएको थियो।
३५ रनमा ६ विकेट गुमाएको ओमानलाई नसीम खुशीले खेलमा फर्काएका थिए। उनले र अमिर अलिनबीच सातौं विकेटका लागि ३१ रनको साझेदारी भएको थियो। १८ बलमा २४ रन हानेका खुशीलाई सन्दीप लामिछानेले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा