काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको हो। दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन। पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो।

तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो।  तेस्रो सेटमा ७-३ ले पछि परेको नेपालले टाइम आउट लियो।

त्यसपछि पनि नेपाल १५-१५ को स्थितिमा आएर कमब्याक गर्‍यो। त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय