
भारतबाट १०० भन्दा बढीको समानमा भन्सार अनिवार्य।
२० फाल्गुन २०७८, काठमाडौं।
राजबिराज भन्सार कार्यालय सप्तरी द्वारा फागुन २० गते बाट लागु हुने गरि सर्वसाधारणका लागी नयाँ सूचना जारी गर्दै सयभन्दा बढी कुनै पनि समानमा भन्सार लाग्ने सूचना जारी गरेको छ! यो निर्णय संगै खुल्ला सिमाका कारण दैनिक सिमा क्षेत्रका स्थानीय तेल,चिनी, खाद्यान्न सामाग्री लगायतका दैनिकी उपभोग गर्ने समानमाका लागि भारत जाने स्थानीयमा यो निर्णयले सर्वसाधारण लाई दुख दिने काम मात्र गरेको भन्दै निर्णय फिर्ता लिनुपर्ने भन्दै आक्रोशित भएका छन !