विप्लवसहितका ४ साना दलद्धारा भोलि नेपाल बन्दको घोषणा।
काठमाण्डौ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार साना दलले भोलि (मंगलबार) नेपाल बन्दको घोषणा गरेका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको हो ।
ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।