प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रको बैठक बोलाउने समझदारी भएको  छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो । स्रोतका अनुसार बैठक भोलि बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको छ । सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन् ।

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो । सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो ।

एमाले सचिवालय बैठकको भोलिपल्ट दुई नेताबीच छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय