
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल थालेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपानमा मंगलबार बिहान महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका हुन् । शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिनेगरी छलफल भएको केन्द्रीय कार्यालयले जनाएको छ । गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।