राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताए ।

अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु उचित नहुने उनको भनाइ थियो ।

‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता विरोध गरेको छ । ल्याउनु हुँदैन थियो भन्न मिल्छ र ?,’ उनको प्रश्न छ ।

सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय