
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले अध्यादेश ल्याउने विषय संवैधानिक रहेको बताएका छन् ।
‘यो कुनै असंसदीय व्यवस्था होइन, असंवैधानिक कुरा पनि होइन । संविधानको धारा ११४ ले अध्यादेश ल्याउन सक्ने करा गरेकै छ’, सचिव भट्टराईले मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा भने ।
संविधानमै सरकारले कस्तो अवस्थामा अध्यादेश ल्याउन सक्छ भनेर समेत व्यवस्था गरेको उनले बताए ।
‘संसद्को अधिवेशन नबसेको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्छ र त्यो संसद बसेको पहिलो बैठकमा टेबुल गरेर सार्वजनिक गर्ने कुरा र संसदबाट त्यसलाई अनुमोदन अथवा पारित गर्नुपर्छ,’ अध्यादेश ल्याउने संवैधानिक प्रक्रियाबारे भट्टराईले भने ।