प्रतिनिधिसभाको बैठक स्थगित अर्को बैठक आइतबार बस्ने।
०६ फाल्गुन २०७८, काठमाण्डौ।
प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ । एमाले सांसदको नाराबाजीकै बीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो ।
आज एमाले सांसदको नाराबाजी भइरहँदा पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्यो । प्रतिवेदन पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पर्सि आइतवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित १ गरेको जानकारी दिनुभएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै त्यसको विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन्
सरकारले आज एमसीसी सम्झौता संसदमा पेस गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा