
सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।
समितिका संयोजक एमाले सांसद सूर्य थापाले भने– ‘यसअघि सहकारी संस्थामा छानविन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको छ । यसबाहेक अरु नियमित विषयमा छलफल गर्छौं ।’