नेकपा(माओवादी केन्द्र)ले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो ।

यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी  समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।

 तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो ।

कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए । उनी रायमाझी निकट नेता हुन् ।

भुटानी शरणार्थी काण्डमा रायमाझी जेल परेपछि खड्का गत १ गते माघमा माओवादी फर्किएका थिए । माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय