प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले विभिन्न देशमा गरेको राजदूत सिफारिस सच्याउन सकिने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा मंगलबार परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत सिफारिस सच्याइने बताए।

‘राजदूत नियुक्तिको सन्दर्भमा पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो। ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरुमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो,’ उनले भने।

विगतमा पनि राजनीतिक नियुक्ति गरिएका राजदूतहरू परिवर्तन गर्ने गरेको प्रसंग उनले सुनाएका थिए।

साथै उनले नेपाली कांग्रेसले विगतमा योग्य राजदूतको नाम दिएको भन्दै धन्यवादसमेत दिएका छन्।

‘मैले त्यतिखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनेको थिए, तपाईले योग्य मान्छे दिनुभयो। अहिले पनि मैले योग्य मान्छे दिनुपर्‍यो। मेरिटको आधारमा दिनुपर्‍यो भनेको हो। अब कति मेरिटमा परे, परेनन्। कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ, यो विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने।

मेरिटकै आधारमा राजदूत सिफारिस अघि बढोस् भन्ने आफूले चाहेको उनले बताए।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूत फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको बताएका छन्। हालै सरकारले ११ देशका राजदूत फिर्ता बोलाएर ८ जना सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय