एमाले अध्यक्ष केपी ओली पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानको प्रतिरक्षा कवच जस्ता देखिन्थे । तर, उनै ओलीले रास्वपाको चियापान कार्यक्रममा पुगेर देखाएको व्यवहारले भने केहि फरकपना देखिएको   छ । के रविको ओली कवच परिवर्तन हुन खोजेको हो त ?

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शीर्ष नेताहरु निमन्त्रित थिए । निम्तो मान्न पुगेका प्राय नेताहरुले रास्वपाको घण्टी घरमा रहेको घण्टी बजाए । घण्टी बजाउन लगाउने व्यक्ति थिए, सभापति रवि लामिछाने ।

रविले आग्रह गर्दै नेताहरुलाई आफ्नो पार्टीको चुनाव चिन्ह समेत रहेको घण्टी बजाउन लगाउने र नेताहरुले घण्टी बजाउने । यो श्रृङ्खला चलिरहँदा एमाले अध्यक्ष केपी ओली भने अपवाद बने । ओलीले रविले घण्टी बजाउन गरेको आग्रहलाई अस्वीकार गरे । ओलीले घण्टी बजाएनन् ।

ओलीले रास्वपाको कार्यालयमा घण्टी बजाउनुको सट्टा तान बुने । केहि समय तान बुन्न व्यतित गरे ओलीले । तान बुन्ने स्थानमा बसेर त्यसलाई नियालेका ओलीले घण्टी नबजाएपछि यो विषय ओली–रविको सम्बन्ध र राजनीतिक विषयसँग जोडिन पुगेको छ ।

घण्टी नबजानुको कारण 

एमाले अध्यक्ष केपी ओलीले रास्वपाको चुनाव चिन्ह समेत रहेको घण्टी बजाउन आग्रह गर्दा पनि अस्वीकार गरे । तर, उनै ओलीले सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध संसदीय समिति बनाउने कांग्रेसको अडानमा कडा शब्दमा आलोचना गर्ने गरेका थिए ।

ओली रविको रक्षाकवच जस्ता समेत बनेका थिए । रास्वपाभन्दा अघि सरेर ओलीले यसको विरोध गर्ने गर्थे । यसको आधारमा पनि ओली–रविको सम्बन्धमा मिठास रहेको रुपमा बुझिन्थ्यो । तर, रविको पार्टी कार्यालयमा पुगेका ओलीले घण्टीलाई केवन ध्वनी निकाल्ने वस्तुको रुपमा लिन सकेनन् ।

उनले घण्टीलाई रास्वपाको चुनाव चिन्ह भएको र घण्टी बजाएको कुरा कुनै बेला चुनावी मसला बन्न सक्छ भन्ने कुरालाई बुझेरै त्यो कुरा अस्वीकार गरे ।

रास्वपाले सामान्य कुरालाई पनि गज्जबले सामाजिक सञ्जालमा प्रचार गर्न जानेकाले पनि ओलीले सचेतता अपनाएको देखिन्छ ।

के भने ओलीले ?

घण्टी बजाउन अस्वीकार गरेका ओलीले तान बुनेको विषयलाई भने सगर्व सेयर गरेका  छन् । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ओलीले रास्वपाको स्थापना दिवसमा सहभागी भएको जानकारी दिदै तान बुन्न सिकेको बताएका छन् ।

तान बुन्न सिकेको दाबी गरेका ओलीले आफूलाई कपडा सिलाउन आएपनि केहिदिन सिके कपडा बुन्न समेत जान्ने जिकिर गरे । तर, घण्टी नबजाएको विषयमा भने उनले केहि भनेका छैनन् ।

के भने रविले ?

पार्टी स्थापना दिवस मनाउदै गर्दा रास्वपामाथि विभिन्न आरोप र उत्साहमा कमी आएको अर्थ लगाउन थालिएको छ । सहकारी ठगी प्रकरणले रास्वपालाई नराम्ररी जनतामा प्रभाव पारेको छ ।

यसको कानूनी प्रक्रिया जे भएपनि जनतामा सहकारी ठगी आरोपको विषय संवेदनशिल बनिरहेको छ । यस्तो कारण पनि रास्वपामाथि प्रश्नहरु छन् । यहि कुरा बुझेका रास्वपा सभापति रवि लामिछानेले पनि पार्टीमा निर्मम समिक्षा गरेर अघि बढ्ने बताएका छन् । रास्वपामाथि प्रश्न उठेको र जनताले पनि प्रश्न गर्न थालेको महामन्त्री मुकुल ढकालले बताइसकेका छन् । यसले रास्वपा निर्मम समिक्षाको बाटोमा जाला वा के गर्ला त्यो उसको विषय भएपनि राजनीतिक रुपमा उठेका प्रश्नलाई जवाफ पनि राजनीतिक रुपले नै दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय