एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी।
१६ माघ २०७८,काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नगरे हालको सरकार गठबन्धन तोड्ने चेतावनी दिएका छन् । आफू बाध्यात्मक अबस्थामा रहेको भन्दै उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिएका हुन ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै उनले शनिबार भएको गठबन्धन बैंठकमा आफू संकटमा परेको बताएका थिए ।
गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा