प्रधानमन्त्री देउवा र ओलीबीच एक घण्टा भेटवार्ता।
२४ पुष २०७८, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा एक्लाएक्लै वार्ता भएका छ।
दुवै नेताबीच शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोटमा वार्ता भएको हो। ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री देउवा बिहान साढे १० बजे बालकोट पुगेका थिए।
एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार, उनीहरूबीच साढे ११ बजेसम्म एक्लाएक्लै वार्ता भएको छ। वार्तामा संसद्को अवरोध खुलाउने विषयसँगै समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ।
दुई नेताबीच भएको छलफलका विषयमा केही खुलाइएको छैन। वार्तापछि प्रधानमन्त्री देउवाले कुनै प्रतिक्रिया दिएनन्। एमाले अध्यक्ष ओलीले भने राम्रो कुराकानी भएको प्रतिक्रिया दिए।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन हुँदा एमालेले १४ जना सांसदलाई कारबाही गरेको थियो। उनीहरूमा गरिएको कारबाहीलाई मान्यता नदिएर विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरोध गर्दै आएको छ। जसले गर्दा संसद् अवरुद्ध भइरहेको छ। सत्तारूढ गठबन्धनको बैठकले संसद्को अवरोध खोल्ने विषयमा ओलीसँग वार्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।
यसअघि सत्तारूढ गठबन्धनका पाँच दलको समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले पनि २१ पुसमा ओलीसँग भेटवार्ता गरेका थिए। पौडेलले पनि ओली निवास बालकोट पुगेर कुराकानी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय