९ पुष २०७८,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ देखि २७ गतेसम्म भारत भ्रमणमा जानेगरी तयारी गर्दै गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले इमेजखबरलाई जानकारी दिए । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुराजत ग्लोबल समिट’ मा भाग लिन जान लाग्नु भएको हो ।
गत असारमा पाँचौंपटक प्रधानमन्त्री बन्नु भएका देउवाको यो दोस्रो विदेश भ्रमण हो । यस अघि गत कार्तिकमा देउवा बेलायतको ग्लास्गो सहरमा भएको जलवायू परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जानु भएको थियो । भारत भ्रमण राजकीय नभएपनि भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि द्धिपक्षीय भेटवार्ता गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय