
गाउँपालिका कर्मचारी कै छोरा द्वारा मतपत्र बाहिरिएको गरेकाे खुल्लासा।
२७ मंसिर २०७८, नरेन्द्र महताे गाैशाला महाेत्तरी
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा आईतवार मतदाता नामावलि फारम लिक भएका छन । पालिकाका कार्यरत कर्मचारीकाे छाेराले नै मतदाता नामावलि फारम लिक गरी कार्यालयमा नभरी अाफ्नाे नजदिककाे व्यक्तिलाई फारम दिएर बाहिर वाट भराएर ल्याउँदै गरेकाे अवस्थामा पक्राउ गरिएकाे कार्यालयका नि. प्रशासकिय अधिकृत संजय बाबू यादवले जानकारी दिएका छन ।
गाउँपालिका भन्दा सय मिटरकाे दुरीमा रहेकाेले गाेप्य सुचनाकाे अधारमा प्रहरीलाई खवर गरी पक्राउ गरिएका थिए ।पक्राउ पर्नेमा एक स्थानिय पाेखरभिण्डाका नितेश कुमार यादव र अर्काे यसै गाउँपालिकाका कार्यरत कर्मचारी मेहिवुल अंसारीका छाेरा जुन कि निर्वाचन अायाेग बाट खटिएका कर्मचारी जफर अंसारी रहेका थिए।
निर्वाचन अायाेगले खटाएकाे कर्मचारी अंसारीले नै अाफ्नाे पक्षकाे व्यक्तिलाई फारम दिएकाे अाशांका स्थानियहरुले गरेका छन ।अंसारी यसै जिल्लाका जिल्लावासी हुन्।
निकट भविष्यमा स्थानिय चुनाव हुने भएकाेले अाफ्नाे पक्षकाे व्यक्तिलाई फारम भराउने गरेका छन ।जुन व्यक्ति विहानै देखि लाईनमा खडा भएका छन तर उहाँहरुकाे फारम नभराउने तर घरमा रहेकाे व्यक्तिहरुकाे फारम भर्ने गरेका एक स्थानियले बताए।
उनी दुवै जनालाई नियन्त्रणमा लिई केही घण्टा पछि जमानतमा छाेडिएकाे यादवले वताए। घटनाकाे सत्य तथ्य जाँच बुझ गरिने छ ।दाेषि ठहरीमा कानुन अनुसार कार्वाहि हुने प्रहरीले जनाएका छन।
अहिले सम्सी गाउँपालिकामा मतदाता नामावलिकाे कार्यक्रम चलिरहेका छन ।मतदाता नामावलि संकलनमा साेमवार दुई समूह विच झडप भएका थिए ।