हेल्प मधेशी कतार अलखोर दलानले महोत्तरीका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका – १ खैरबाका अति विपन्न परिवारका वीरेन्द्र महराकी श्रीमती सुनितादेवी महरालाई क्यान्सर रोगको उपचारमा सघाउन हेल्प मधेशी कतारले ४१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।पिपरा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष राजेस दास, संस्था नेपालका उपाध्यक्ष अमरेश यादव, मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो, मलेसियाका पूर्वअध्यक्ष कृष्ण कुमार शाह, नेपालका सक्रिय सदस्य सविता यादव, महिला अधिकारकर्मीलगायत स्थानीयहरुको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हेल्प मधेशी कतारका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
