गाउँपालिका अध्यक्षद्वारा प्रतिक्षालय र सार्वजनिक सौचालयको उद्घाटन।

 ११ मंसिर २०७८,अमरेस कुमार पाण्डेय कलैया

देवताल गाउँपालिकाद्वारा प्रहरी चौकि नजिक प्रतिक्षालय र वडा नं ४/५ को कार्यालय नजिक सार्वजनिक सौचालय को शुक्रबार बिभिन्न कार्यक्रम गरी उद्धघाटन गरेको छ।

 

देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले उदघाटन गरेका छन्। उदघाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले समाजमा यस्तो कार्य भईरहेको सराहनिय कार्य भएको बताएका छन। साथै यस जिल्लामा भएको बिभिन्न अपराधिक क्रियाकलापलाई आफु रोक्ने प्रयास गर्ने प्रतिबद्धता समेत गरेका छन।

 

देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले यसपालि देशमा तिन तहको सरकार भएकाले हामि काम गर्ने वा योजना बनाउने काम सहित बिकास गर्नेमा नै बितेको बताउदै अगामि निर्वाचनमा समेत निर्वाचित गरे देवताल गाउँपालिका भरीमा बिकासको लहर ल्याएर देखाउने बताएका छन।

 

त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले आफ्नो मन्तव्यमा हामि सम्पुर्ण क्रमचारी देश तथा स्थानीय तहको बिकाशको लागि अहोरात्र खटिने भएकाले स्थानीय तहका नेता , जनता बर्गमा बिकास गरी गराउन सकिन्छ त्यसमा सबैको सहयोगको अपेक्षा गरिएको बताएका छन। यस देवताल बासिलाई कुनै किसिमको समस्या भए म लगायत गाउँपालिका अध्यक्ष सिँह समक्षा राख्ने समेत बताएका छन।

 

उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयको प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहि , देवताल गाउँपालिकाको उपाध्याय रामपति देबि , सम्पुर्ण वडा अध्यक्षहरु , समाजका बुद्धिजीवी , डाक्टर , स्थानिय भद्रभलादमी सहित पत्रकार सहितको उपस्तिथि रहेको जानकारी देवताल गाउँपालिकाको योजना शाखा प्रमुख अभिनन्दन गुप्ताले दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय