असनमा पुग्यो महानगरको टोली अवैद्य संरचना हटाइदै।
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उपत्यकाको पुरानो बजार असन पुगेको छ । वडाले दिएको अल्टिमेटम सकिएपछि महानगरको टोली निरीक्षणमा असन पुगेको हो।
आइतबार वडा नम्बर २५ ले इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो।
अल्टिमेटमअनुसार व्यापारी आफैले हटाए नहटाएको निरक्षीण भइरहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।



