सुरक्षागार्ड गुरुङलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट।

काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई नियम सम्झाउँदा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङको रिहाइ माग्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

गुरुङकी श्रीमती लक्ष्मी गुरुङ उनको रिहाइको माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीका अनुसार अदालतले भोलिका लागि पेशी तोकेको छ।

ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय