भारतीय सेनाबाट नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण।

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन्। उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन्।

पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
8
+1
8
+1
1
+1
4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय