मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउने।काठमाडौँ।

मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि गत साउन २३ गतेदेखि बन्द रहेको केबलकार सेवा आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको हो।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको कम्पनीले जानकारी दिएको छ ।

केबलकारको महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फेरिएको छ भने गियर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्य गरिएको छ ।

यसैगरी ४ टावरहरूको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय