पहिरोको कारण नारायणघाट-मुग्लिङ सडक बिहानैदेखि अवरुद्ध।
पहिरोका कारण नारायणगढ मुग्लिन सडक अस्तव्यस्त बनेको छ । भरतपुर-२९ को केराबारी भन्ने ठाउँमा पहिरोले सडक पुरिएर आवतजावत बन्द हुँदा सवारीको लामो जाम लागेको छ।
मुग्लिन बजारबाट नारायणगढपट्टि जाँदा करिब ११ किलोमिटर पर केराबारीमा पहिरो र लेदोले सडक पुरिएको छ । पहिरोले लागेको जाम धादिङको मौवाखोला आसपाससम्म आइपुगेको प्रहरीले जनाएको छ ।
पुर्वपश्चिमबाट काठमाडौं आउदै गरेका रात्री बस र काठमाडौंबाट पुर्वपश्चिमका जिल्ला हिडेका सवारी दुबैतर्फको जाममा रोकिएको छ । एकतर्फी सवारीको झण्डै ३० किलोमीटर लामो छ । पानी परिरहेकोले यात्रु गाडीबाट ओर्लिन समेत सकेका छैनन् । जाममा फसेका यात्रु अलपत्र परेका छन्।
अवरुद्ध बनेको नारायणघाट- मुग्लिङ सडकखण्ड सञ्चालनमा ल्याउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक माथिबाट लेदो सहितको ठूलो पहिरो खसेको कारण पहिरो हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पहिरो झरेको दुई तर्फबाट पहिरो हटाउने प्रयास भइरहेको छ ।