सरकारले प्रतिबन्ध लगाएका वस्तुहरु आयात नगर्न राष्ट्र बैंकको निर्देशन।

काठमाडौं : नेपाल राष्ट्र बैंकले राजपत्रमा सोमबार (भदौ १३ गते) प्रकाशित सूचना बमोजिम प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात नगर्न निर्देशन दिएको छ । सरकारले सोमबार गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएको थियो । राष्ट्र बैंकले उक्त वस्तुहरुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

सरकारले यी वस्तुको आयात प्रतिबन्धको समय बढाएर असोज २८ असोजसम्म पुर्याएको छ । यता, कुर्कुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाएको प्रतिबन्ध भने खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय