अझै सञ्चालनमा आउन सकेन मलंगवा बसपार्क।

सर्लाही। ✍️ अमलेश शर्मा

मलंगवा नगरपालिकामा “मलंगवा बसपार्क” निर्माण  सम्पन्न भएको महिनौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा ढिलाइ हुँदा यातायात व्यवसायीले सास्ती भोग्नुपरेको छ भने बजारमा रहेको साँघुरो बस पार्कले गर्दा बढी भिडभाड हुनेगरेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधामको करिब ६ करोड रूपैयाँको अनुदानमा यो बसपार्क निर्माण गरिएको छ। नगरपालिकाको सुस्तता र निर्माण व्यवसायीले हस्तान्तरण नगेरका कारण पनि सञ्चालनमा ढिलाइ भएको हो एक स्थानिय जनकारी दिए।

नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेको र त्यहाँ जाँदा साना सवारीसाधनले पुरानो बसपार्क अगाडिबाटै यात्रु उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बस जान तयार नभएको एक बस सन्चालकले जनकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय