प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे।

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन्।

राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो। आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ।

हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ।

सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो। प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ। देशमा विदेशी सञ्चिति सकिएका छ। ईन्धन अभावमा विद्यालय बन्द छन्।

केही दिनअघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
2
+1
2
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय