राष्ट्रपति भण्डारीसमक्ष चार राजदूतले लिए गोपनीयताको शपथ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन्। शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन्। समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु उपस्थिति थिए ।