गृह मन्त्रालय र निहारिकाबीच ५ बुँदे सहमति।

०३ असार, काठमाडौं।

विभिन्न पाँचबुँदे माग राख्दै जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर – ९ की सोनाली कुमारी सिंह ( निहारिका) ले अनसन तोडेकी छन् । बिहीबार बेलुका सरकारसँग ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर उनले अनसन तोडेकी हुन्।

 

गृह मन्त्रालयले प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने सहमतिसहित उनका माग सम्बोधन गर्ने सहमति भएको छ।

 

सहमति पत्रमा निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने लगायतका सहमति भएको हो ।

 

सहमति पत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
15
+1
1
+1
0
+1
0
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय