निर्वाचन आयोगले मतदाता नामावलीको छपाइ कार्य सुरु गरेको छ ।
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले शुक्रबार आयोग परिसरमा छपाइ कार्यको सुरुवात गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि दलहरूले समानुपातिकर्फको बन्दसूची पेश गरिसकेका छन् ।
आयोगले अन्य कामहरू तीव्र रुपमा अघि बढाइएको बताएको छ ।



