बञ्चरेडाँडाबाट फोहोर नफाली फर्किए टिपर।
२५ जेठ, काठमाडौं।
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका डेढसय टिपर फोहोर नफाली फर्किएका छन्। स्थानीयको अवरोधपछि फोहोर नफाली टिपर फर्किएका हुन्।
सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति गरेर मंगलबारदेखि फोहोर बञ्चरेडाँडामा विसर्जन गर्ने भनिएको थियो।
सोही सहमतिअनुसार फोहोर त्यहाँ लगिएको थियो। तर, स्थानीयले अवरोध गरेपछि फोहोर विसर्जन हुन सकेन। स्थानीयको अवरोधपछि प्रहरी खटाएर बल प्रयोग गर्न खोजे पनि सफल भने हुन सकेन। उल्टै प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
बुधबारको झडपमा तीन जना प्रहरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। स्थानीयले यसअघि सरकारले गरेका सहमति पालना नभएसम्म फोहोर फाल्न नदिने अडान राखेका छन्।
दोहोरो झडपपछि स्थिति असामान्य हुँदा विसर्जनका लागि फोहोर बोकेर गएका टिपर काठमाडौंतर्फ फर्काइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
3
+1
1
+1
1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा