सात दिनमा कलसेन्टर स्थापना गर्ने बालेनको निर्णय कार्यान्वयन।
२३ जेठ, काठमाडौं।
काठमाडौं महानगरपालिकाले महानगरबासीको
गुनासो सुन्नका लागि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र)संचालनमा ल्याएको छ।
महानगर प्रमुख बालेन साहले गत जेठ १६ गते पहिलो कार्यपालिका बैठकबाट ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने
निर्णय गराएका थिए । निर्णय कार्यान्वयन गर्दै राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो
महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेनको भनाइ छ। ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनु पर्छ। आफ्ना समस्या राख्ने ठाउँ पाउनु पर्छ। यसका लागि कल सेन्टरले काम गर्नेछ।’ प्रमुख साहले भने।
महानगरसँग गुनासो टिपाउन १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने महानगरको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले बताए। ‘सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन
ढकालले बताए। ‘सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ। अहिले ५ वटाबाट थालेका छौँ।’ उनले भने।
कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ। गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन्।
त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ। यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ ।
इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ। केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङ् भन्छन्, ‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाई गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्म हुन सक्छ भन्ने खबर पनि गर्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा