नेपाल र भारतबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर।

०२ जेठ, काठमाडौं।

नेपाल र भारतबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा भएको भ्रमणका क्रममा सम्झौता गरिएको हो ।

लुम्बिनीस्थित होटल पवन प्यालेसमा दुई पक्षबीच सम्झौता भएको हो।

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो । हामीलाई प्राप्त जानकारी अनुसार सम्झौताका बुँदाहरु यस्ता छन्छन्। …..

 

सम्झौताहरूः

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता |

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता |

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोगको सम्झौता

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए) बीच सम्झौता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
7
+1
3
+1
6
+1
6

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय