तराईमा आज जुरशितल पर्व मनाइँदै।
०२ वैशाख, काठमाडौं।
मधेसका जिल्लाहरुमा आज जुरशितल पर्व मनाइँदैछ । नव वर्षको शुभआरम्भसंगै वैशाख २ गते मधेश क्षेत्रमा जुरशितल मनाइन्छ ।
आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिरमा जल सिंचित गर्दै आर्शीवाद दिने चलन छ । आशीर्वादले वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ ।

आजका दिन रुख बिरुवामा पनि सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ । सूर्यको तापबाट मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको छ ।
जुर शितलमा जल सिंचित गर्दा आफूभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास छ । यो पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय